पाकिस्तानमा गोलभेँडाको मूल्य प्रतिकिलो ५०० देखी ७०० सम्म पुग्यो
वि.सं.२०८२ कात्तिक ४ मंगलवार ०९:३९
shares

पाकिस्तानका विभिन्न सहरमा गोलभेँडाको मूल्य प्रतिकिलोग्राम ५०० देखि ७०० पाकिस्तानी रुपैयाँ पुगेको छ।
कराँची र इस्लामाबादका तरकारी बजारमा काम गर्ने व्यापारीका अनुसार आइतबार राति कराँचीमा गोलभेँडाको थोक मूल्य प्रतिकिलोग्राम ५५० रुपैयाँ थियो भने इस्लामाबादमा प्रतिकिलोग्राम ५०० रुपैयाँ थियो।कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेँडाको मूल्य प्रतिकिलोग्राम ६०० देखि ७०० रुपैयाँ पुगेको छ।
व्यापारीहरूका अनुसार गोलभेँडाको मूल्य बढ्नुका धेरै कारण छन्, जसमा अफगानिस्तान र इरानबाट आपूर्ति अवरोध, वर्षा र बाढीका कारण बालीमा क्षति र बलुचिस्तानमा खेतीमा कमी हुन्।उनीहरूका अनुसार पन्जाबमा आएको बाढीले अन्य तरकारीको मूल्य पनि बढाएको छ र तत्काल घट्ने सम्भावना कम छ।





































