नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग पूरा हुन्छ : प्रचण्ड

1.01K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ ले जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन् ।

महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग पूरा हुने बताएका हुन् ।‘अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्,’ उनले भने, ‘अरू कसैले जेनजीका माग पूरा गर्दैनन् ।’

प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको मुद्दा विगतदेखि नै माओवादीले उठाउँदै आएको चर्चा गरेका प्रचण्डले यस विरुद्धमा रहेकाहरूले जेनजीकाे भावना बुझ्न नसक्ने बताए ।‘जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्धमा छ, जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्धमा छ, जो समावेशी लोकतन्त्रको विरुद्धमा छ, उनीहरूले जेनजीको भावनालाई बुझ्न सम्भव छैन,’ उनले थपे, ‘यसकारण मैले पेरिसडाँडाबाट पनि पत्रकारहरूसँगको कुराकानीमा पनि जेनजीलाई लगातार अपिल गर्दै आएको छु ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो मित्र र बैरी चिन्न पनि जेनजीलाई आग्रह गरे । ‘आजका जेनजीले आफ्नो मित्र र दुस्मन को हो चिन्न सक्नुपर्‍यो, आफ्ना अभिभावक र मित्रलाई दुस्मन जस्तो, दुस्मनलाई मित्र जस्तो ठान्ने हो भने त्योभन्दा ठूलो दर्भाग्य यो देशका लागि केही हुन सक्दैन,’ प्रचण्डले भने ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा माओवादी प्रवेश गरिएको थियो । त्यसतर्फ इंगित गर्दै प्रचण्डले खादा लगाइँदिदा थाक्ने गरी पार्टी प्रवेश भएको र तीमध्ये ६० प्रतिशत जति जेनजी भएको बताए ।

उनले जनयुद्ध र जनआन्दोलन गर्दा आफू पनि जेनजी नै भएको जिकिर गरे । उनले भने, ‘मैले कहिलेकाहीँ भन्छु, हिजो हामीले जनयुद्ध र जनआन्दोलन गर्दा जेनजी नै थियौं, आज मधेशमा सयौँको संख्यामा पहिलोचोटि जेनजी आन्दोलनपछिको अतिभव्य सार्वजनिक कार्यक्रममा सयौँ-सयौँ, हजारौं वरिपरि, ६० प्रतिशत जेनजी कुन पार्टीमा प्रवेश गरे ? माओवादी केन्द्रमा ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports