नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाधिवेशन गर्ने तयारीमा जुटेको एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम

910
shares

काठमाडौं । मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरुबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । ‘महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ । अब बाँकी निर्णय सचिवालय बैठकले गर्छ,’ उनले भने ।

आगामी हप्ता सचिवालय बैठक बस्ने तयारी भइरहेको पनि गौतमले बताए । ‘प्रतिनिधि छनोट लगायत महाधिवेशनको तयारीहरु सचिवालय बैठकले निर्णय गर्छ,’ गौतमले भने ।nतर पार्टी सदस्य संख्या भने लगभग टुंगिएको उनले बताए । ‘यसअघि ५ लाख ४० हजार पार्टी सदस्य थियौं,’ स्थायी कमिटी सदस्य गौतमले भने, ‘यसपटक २८ प्रतिशतले सदस्य संख्या बढाएका छौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports