२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्व बजारमा डिजेलको मूल्य अहिले सम्मकै उच्च

143
shares

इरान र युक्रेनमा जारी युद्धका कारण रुस, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएइ)जस्ता प्रमुख उत्पादक देशहरूबाट हुने इन्धन निर्यातमा भारी गिरावट आएपछि युरोप र अमेरिकामा डिजेलको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ। बजारमा आपूर्तिको कमीलाई रोक्न अन्य विकल्पहरू सीमित रहेकाले आगामी दिनमा मूल्य अझै बढ्ने जोखिम रहेको रोयटर्सले जनाएको छ ।

युरोपमा डिजेलको फ्युचर्स मूल्य गत हप्ता हालसम्मकै उच्च बिन्दुमा पुगेर बन्द भयो, जुन सन् २०२६ को शुरूआतको तुलनामा दोब्बरभन्दा बढी हो । साउदी अरेबियाले धेरैजसो डिजेल लोड गर्ने लाल सागर क्षेत्रसम्म आपूर्ति अवरोधहरू फैलिएपछि यो स्थिति सिर्जना भएको हो ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार मध्यपूर्व र युक्रेनमा जारी युद्धले यस क्षेत्रका तेल प्रशोधन केन्द्रहरू (रिफाइनरीहरू) मा क्षति पुर्‍याएको छ भने अन्यत्रका रिफाइनरीहरूले इन्धन उत्पादन गर्न तीव्र दबाबका साथ काम गरिरहेका छन्।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सोमबार जारी गरेको एक बुलेटिनमा भनिएको छ, ‘मुख्य समस्या के हो भने विश्वभरका अधिकांश रिफाइनरीहरू पहिले नै आफ्नो पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। यसले आगामी महिनाहरूमा डिजेलको आपूर्तिमा हुने थप संकट र मूल्य वृद्धिलाई रोक्ने विकल्पहरू लगभग समाप्त पारेको छ।’

ढुवानी तथ्यांक उपलब्ध गराउने संस्था ‘केप्लर’का अनुसार गत वर्षको तुलनामा मार्चदेखि अगस्टको बीचमा मध्यपूर्वबाट हुने डिजेलको निर्यात आधाले घटेर प्रतिदिन औसत ८ लाख ब्यारेलमा झरेको छ। केप्लरको तथ्यांकअनुसार सन् २०२५ मा युरोपमा आयात हुने कुल डिजेलमध्ये करिब ४१ प्रतिशत हिस्सा मध्यपूर्वले ओटेको थियो।

युक्रेनी ड्रोन आक्रमणले रुसी रिफाइनरीको उत्पादन घटाएपछि रुसले गत जुलाई महिनामै डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता रुस र युक्रेन युद्ध रोक्न सहमत भएको घोषणा गरे पनि दुवै देशले एक-अर्काको ऊर्जा पूर्वाधारमाथि आक्रमण जारी राखेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आगामी दिनमा राष्ट्रपति ट्रम्पसँग भेट गर्ने बताएका छन्।

यता, अमेरिकामा यस महिना खुद्रा डिजेलको औसत मूल्य पहिलो पटक प्रति ग्यालन ६ डलरभन्दा माथि पुगेको छ। रिफाइनरीहरू पूर्ण क्षमतामा चलिरहे पनि इन्धनको भण्डार (इन्भेन्टरी) सामान्य मौसमी स्तरभन्दा तलै रहेको छ। गत हप्ता डिजेलको मौज्दात करिब ६ लाख ब्यारेलले बढे पनि सेप्टेम्बरको दोस्रो सातासम्म ९ करोड ६९ लाख ७० हजार ब्यारेलमा सीमित छ, जुन पछिल्लो पाँच वर्षको औसतभन्दा झन्डै १५ प्रतिशतले कम हो।

मध्यपूर्व र रुसको आपूर्ति अवरोधका कारण एसियामा पनि डिजेलको मूल्य उच्च तथा रेकर्डको नजिक पुगेको छ। एसियाली डिजेलको बेन्चमार्क मानिने ‘डिजेल स्वाप्स’को मूल्य मार्चमा प्रति ब्यारेल २०० डलर नाघेकोमा सेप्टेम्बर १८ मा घटेर प्रति ब्यारेल करिब १८० डलरको हाराहारीमा पुगेको छ। यद्यपि, यो मूल्य अझै पनि युद्धअघिको भन्दा दोब्बर हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports