राष्ट्रसंघको महासभामा सहभागि हुन प्रधानमन्त्री बालेन आज न्यूयोर्क जादैँ
वि.सं.२०८३ असोज ६ मंगलवार १०:४०
shares
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री बालेन शाह आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्री शाहले आगामी असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ। भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिको दृष्टान्त प्रस्तुत गर्दै उनले यसपटक जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघ र विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्।
महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली भने यसअघि नै असोज ४ गते न्युयोर्क प्रस्थान गरिसकेको छ।



































