नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकामा ५६ हजार ६७३ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

832
shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा ५६ हजार ६७३ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् ।

महानगरका मेयर बालेन साहले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी गराएका हुन् ।उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकामध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति र २ जना एचआईभी संक्रमित व्यक्ति रहेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा महानगरबाट १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको र तीमध्ये ८४ हजार ७०४ जनाले बहिरङ सेवा लिएको उनले बताएका छन् ।यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण भएको र १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार १ हजार ८७ जना विपन्न नागरिकलाई उपचारका लागि सिफारिस गरिएको छ । बेवारिसे, विपन्न र बेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको महानगरले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports