नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको संस्थापन पक्षको भेलामा बहुसंख्यकको प्रतिनिधिसभाको चुनावपछि मात्रै महाधिवेशन हुनुपर्ने धारणा

858
shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलामा बहुसंख्यकले प्रतिनिधिसभाको चुनावपछि मात्रै महाधिवेशन हुनुपर्ने धारणा राखेका छन् ।

ललितपुरमा बुधबार बसेको संस्थापन पक्षको बैठकमा चुनाव अघि महाधिवेशन गर्नुपर्ने विचार न्यून रहेको नेताहरूले जानकारी गराएका छन् ।बैठकमा सहभागी एक नेताका अनुसार नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहेको बेला दुई महामन्त्रीले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलनको अगुवाइ गरेको भन्दै आपत्ति जनाएका थिए ।

नेता विमलेन्द्र निधिले महाधिवेशन प्रतिनिधिका बारेमा आफूले बोलेका विषयमा नेताहरूलाई जानकारी गराएका थिए ।पार्टीका औपचारिक तथा अनौपचारिक बैठकमा महामन्त्री गगन थापा स्वयंले वर्तमान समितिको अवधि नथप्ने पटक-पटक भनेको जनाउँदै त्यही विषय आफूले राखेको बताएका थिए ।नेता मोहन बस्नेतले महामन्त्री थापाको सचिवालयसहित दैनिक खर्चको आर्थिक स्रोत के हो ? भन्दै प्रश्न उठाएका थिए ।बैठकमा सहभागीहरूले क्रियाशील सदस्यताको टुंगो लगाउने मूल जिम्मेवारी लिएका महामन्त्री थापाले आफ्नो कार्य नसक्ने तर महाधिवेशनको रटान लगाएको आरोप लगाएका थिए ।

क्रियाशील सदस्यताको टुंगो नलागेको हुँदा नियमित महाधिवेशन चुनाव अघि हुनै नसक्ने नेताहरूको जोड थियो ।संस्थापन पक्षका एक नेताले भने, ‘नियमित महाधिवेशन चुनावपछि गर्ने धेरैको विचार छ । विशेष महाधिवेशन हुनै नसक्ने र त्यसले पार्टी विभाजन गर्ने दृष्टिकोण आएका छन् ।’२८ असोजदेखि सुरु भएर पर्वहरूका कारण रोकिएको केन्द्रीय समितिको बैठक बिहीबारदेखि सुरु हुँदैछ ।

महामन्त्री थापा र विश्वप्रकाश शर्माले भोलिको बैठकमा नियमितको महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने पक्षमा छन् ।तर, संस्थापन पक्ष चुनाव अघि महाधिवेशन हुन नसक्ने अडानमा छ । संस्थापन पक्षका नेताले भने, ‘महामन्त्रीको नियमितको कार्यतालिका आउने अवस्था रहे संस्थापन पक्षबाट काउन्टर प्रस्ताव आउन पनि सक्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports