नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कपिलवस्तुमा बस दुर्घटना, १ को निधन ५ घाइते

806
shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । यसक्रममा बसले एक पैदलयात्रुलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरु घाइते भएका हुन् ।

दुर्घटनामा परेका अन्दाजी ५०/५५ वर्षीय पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदै गरेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports