नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वकप लिग-२ : आज नेपाल र युएई बीच खेल हुदै

832
shares

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र युएइबीच खेल हुदैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ ।

यस सिरिजमा नेपाल र युएई दुवै अमेरिकासँग हार बेहोरेका छन् । नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो । नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।

नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १७ खेलमा ५ जित र १० हारसहित नेपालको १२ अंक छ । त्यस्तै १७ खेल खेलेको युएईको केबल ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports