नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन हुँदैन कि भनेर आशंका गर्नुपर्ने ठाउँ छैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

806
shares

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुँदैन कि भनेर आशंका गर्नुपर्ने ठाउँ नरहेको बताएका छन् ।

प्रतिनिधि सभा विघटन र सरकार गठनविरुद्ध सर्वोच्चमा एक दर्जनबढी रिट दायर भएका छन् । सर्वोच्च अदालतमा संसद विघटन र सरकार गठनविरुद्धको मुद्दा विचाराधिन अवस्थामै रहेको अवस्थामा के हुन्छ भन्ने प्रश्नमा उनले यस्तो जवाफ दएका हुन् ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी सर्वोच्च अदालतबाट आउने आदेश पालना गर्न आफूहरू तयार रहेको बताउँछन् ।

उनका अनुसार सर्वोच्च अदालतबाट संसद्‌ पुन:स्थापना भएपनि निर्वाचनका लागि खरिद गरिएका सामग्रीहरू २०८४ सालको निर्वाचन सम्पन्न गर्न प्रयोग गरिने सकिन्छ । तर, यद्यपि अहिले नै निर्वाचन हुँदैन भनेर शंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।उनी भन्छन्, ‘अहिले नै हामीले निर्वाचन हुँदैन कि भनेर आशंका गर्नुपर्ने ठाउँ छैन ।’उनी थप्छन्, ‘सम्मानित अदालतबाट जे आदेश आउँछ त्यो आदेशको पालना गर्न हामी तयार पनि छौं । तर निर्वाचनको लागि खरिद भएका सामानहरू अहिले निर्वाचन भएन भनेपनि २०८४ सालको निर्वाचनमा प्रयोग हुन्छन् । ती सामग्रीलाई हामी स्टोर गरेर राख्न सक्छौं ।’

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको चुनावका लागि चाहिने सामग्रीहरूको सूची तयार भएको छ ।निर्वाचन आयोगले ७९ प्रकारका सामग्री चाहिने भनेर सूची तयार पारेको हो । त्यसमध्ये १४ वस्तु खुला प्रतिष्पर्धाबाट किन्ने तयारी छ ।नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports