नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दै

871
shares

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बिहान साढे ११ बजेदेखि शुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मंगलबारको बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टा छुट्टै महाधिवेशनको कार्यतालिका पेश गरेका छन ।महामन्त्री थापाले फागुन २१ को चुनावअघि नै महाधिवेशन गर्ने गरि पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् । थापाले मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण, २० गते सम्म क्रियाशील सदस्यता छानबिन, २४ गते निर्वाचन समितिलाई हस्तान्तरण गर्ने, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन गरेर १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् ।

त्यसैगरी संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री यादवले मंसिर २० गते सम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण र २० गते सम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्ने र त्यसपछि चुनावमा केन्द्रीत हुनुपर्ने प्रस्ताव गरेका छन् । त्यसपछि चैत्र १ गते वडा अधिवेशन, ५ गते पालिका, १२ गते प्रदेश क्षेत्रीय, २० गते संघीय क्षेत्रीय, ३० गते जिल्ला, वैशाख १५ गते सात प्रदेश र वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् ।

मंगलबारको बैठकमा थापा र यादवसहित कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports