नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टी विघटनमा गयो र यात्रा पनि टुंगियो : रामकुमारी झाँक्री

1.01K
shares

काठमाडौं । एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीकी संस्थापक नेता समेत रहेकी झाँक्रीले पार्टी विघटनमा गएको र आफूहरुको यात्रा पनि टुंगिएको बताएकी हुन् ।माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरे पनि रामकुमारी, किसान श्रेष्ठ लगायतले निर्णयमा विमति जनाएका छन् ।

आज आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले नेकपा एमालेसँग अलग भएर एकीकृत समाजवादी गठन गर्दैगर्दा अभियान भयंकर हुने लागेको तर त्यो सम्भावना समाप्त भएको बताइन् ।‘नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरुमा हामी एउटा भयंकर नै अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौं । त्यो अब समाप्त भएको छ,’ उनले भनिन्, ‘हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँग सँगै टुंगियो ।’

अवरुद्ध बाटो र यात्रुको उदाहरण दिँदै उनले भनिन्, ‘जब हाम्रो बाटो पनि अवरुद्ध हुन्छ त्यतिबेला कसरी अगाडि बढ्ने भन्नका लागि पनि बाटोमा उभिनुपर्छ । यात्रालाई पज गर्नुपर्छ । त्यसपछि उपयुक्त मार्गहरु प्रशस्त गरेर यात्रा अगाडि बढाउनुपर्ने हुन्छ ।’

रामकुमारी झाँक्रीभन्दा अगाडि बोलेका एकीकृत समाजवादीका अर्का नेता किसान श्रेष्ठले आफूहरु नि:शर्त एमालेमा फर्किन लागेको जानकारी गराएका थिए ।उनले भनेका थिए, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports