विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको बिहार विधानसभा निर्वाचन : आज १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा मतदान हुँदै

1.37K
shares

काठमाडौं। २४३ विधानसभा सिट रहेको बिहारमा पहिलो चरणमा आज १८ जिल्लाको १२१ सिटका लागि मतदान सुरु भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ ।आज पहिलो चरणको मतदानमा तेजस्वी यादव, तेजप्रताप यादव, अनन्त सिंह, लोक गायिका मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, भोजपुरी फिल्म स्टार खेसारी लाल यादव, ओसामा शाहब लगायतका उम्मेदवार चर्चामा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पहिलो चरणमा आज पटना, वैशाली, नालन्दा, दरभंगा, बक्सर, सारण, सिवान, सहरसा, बेगुसराय, गोपालगञ्ज, समस्तीपुर, मधेपुरा, मुंगेर, लखीसराय, भोजपुर, मुजफ्फरपुर, खगरिया, शेखपुरा जिल्लामा मतदान भइरहेको छ ।

३ करोड ७५ लाख मतदाताले मतदान गर्नेछन् । १,३१४ उम्मेदवार चुनावी मैदानमा छन् ।मतदानका लागि ४५,३४१ मतदान केन्द्र रहेको छ भने यसको सुरक्षाका लागि ४,५०,००० सुरक्षाकर्मीहरू खटाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।मतगणना नोभेम्बर १४ मा हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports