नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत डाक्टर माथि बिरामीका आफन्तले हातपात गरे

1.29K
shares

मकवानपुर । हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत एक डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । बिरामीको उपचार प्रक्रिया र भर्नाका विषयमा विवाद हुँदा अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि हातपात भएको हो ।

बुधबार साँझ ७ बजेको समयमा हेटौंडा–११ निवासी अजित विडारीले डा. शाहलाई हातपात गरेका हुन् । दुर्घटना भएर उपचारका लागि ल्याएका बिरामी रिफर गर्ने विषयमा विवाद भएको बताइएको छ । विवादका बिच विडारीले डा. शाहलाई धकेल्नुको साथै मुक्का प्रहार गरेको अस्पतालका डारेक्टर डा. आकेश प्रजापतिले जानकारी दिए ।उनका अनुसार घटनापछि अन्य बिरामीका आफन्त र अस्पतालका कर्मचारीहरूले विडारीलाई रोकेका थिए । अस्पतालमा ड्युटीमा रहेका प्रहरी हवल्दार रवि लोप्चनले कानुनी प्रक्रियाका लागि डा. शाहलाई सोध्दा उनले केही नगर्न भनेका थिए । सो पश्चात विडारी अस्पतालबाट निस्केका थिए ।

लडेर कुहिनोमा सामान्य चोट लागेकी सुरक्षा कँडेललाई उपचारका लागि अस्पतालमा ल्याइएको थियो । उनलाई राजु विडारीले अस्पताल ल्याएका थिए । अस्पतालको इमर्जेन्सीमा ड्युटीमा रहेका डा. सचिन दासले अर्थोपेडिक सर्जनले हेर्नुपर्ने भन्दै डा. शाहलाई बोलाएको प्रहरी हवल्दार लोप्चनले बताए ।बिरामीलाई उपचारका लागि अस्पताल ल्याइएको केही मिनेटमै स्वास्थ्य बीमामार्फत उपचार गराउने विषयमा बिरामी पक्ष र चिकित्सकबिच विवाद भएको उनको भनाइ छ । डा. शाहले बिरामीको घाउ सफा गरेर टाँका लगाउनुअघि एक दिन अब्जरभेसनका लागि अस्पताल भर्ना हुनुपर्ने सल्लाह दिएको र उक्त विषयमा आफन्तहरूले विवाद गरेको लोप्चनले बताए ।

बिरामीका आफन्तले भर्ना हुन अस्वीकार गर्दै बिरामीलाई अन्यत्र लैजाने बताएको र बिरामी रिफर गर्न दबाब दिएको लोप्चनको भनाइ छ । सोही क्रममा अस्पताल पुगेका बिरामीका आफन्त अजित बिडारीले अर्थोपेडिक डा. शाहमाथि हातपात गरेको लोप्चनले बताए ।डा. शाहलाई खासै चोटपटक नलागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे कुनै उजुरी नआए पनि आफूले सो विषयमा अनुसन्धान गरिरहेको र हातपात गर्ने व्यक्तिको पहिचान गरी खोजीकार्य भइरहेको उनले बताए ।

चिकित्सक संघ मकवानपुरले घटनाका सम्बन्धमा छलफल अघि बढाएको छ । संघका सचिव डा. राजु सेंढाइका अनुसार घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी हाल्ने तयारी भएको छ । बिहीबार बिहान अस्पताल प्रशासन र पीडित डा. शाहसँग भएको छलफलले प्रहरीमा लिखित उजुरी दिने निर्णय भएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports