सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सानो गौचरण खेलकुद मैदानको क्षेत्र अधिकार भित्र रहेका संरचनाहरू भत्काउन थालियो

1.08K
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ५ सानो गौचरण खेलकुद मैदानको क्षेत्र अधिकार भित्र रहेका संरचनाहरू भत्काउन थालेको छ ।

काठमाडौँ महानगर प्रहरी बलले डोजर जलाएर जिल्ला खेलकुद विकास समितिले हडपेर बनाएको संरचना भत्काउन थालेको नगर प्रहरी जनाएको छ ।‘१७ वटा सटर सहित पक्कीघरहरु रहेका थिए । त्यो महानगरले आजबाट भत्काउन सुरु गरेकाे हो । ५ दिनभित्र सबै हटाइसक्छौँ,’ नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले भने ।

५ नम्बर वडाका वडाध्यक्ष विरेन्द्र प्रजापतिका अनुसार महानगरपालिकाले सानो गौचरणलाई राष्ट्रिय स्तरको रङ्गशाला बनाउन लागिरहेकोले अनधिकृत रूपमा निर्माण भएको संरचना हटाउन थालिएको हो । ‘यहाँ खेलकुद विकास समिति, विभिन्न क्लबहरूले सटर बनाएर भाडा उठाउन थालेपछि विवाद हुँदै आएको थियो । अब महानगर आफैँले प्यारापिट सहितको स्टेडियम बनाउँछ । त्यसकारण हामीले छलफल गरेर भत्काउन सुरु गरेका हौँ,’ प्रजापतीले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports