२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सानो गौचरण खेलकुद मैदानको क्षेत्र अधिकार भित्र रहेका संरचनाहरू भत्काउन थालियो

1.48K
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ५ सानो गौचरण खेलकुद मैदानको क्षेत्र अधिकार भित्र रहेका संरचनाहरू भत्काउन थालेको छ ।

काठमाडौँ महानगर प्रहरी बलले डोजर जलाएर जिल्ला खेलकुद विकास समितिले हडपेर बनाएको संरचना भत्काउन थालेको नगर प्रहरी जनाएको छ ।‘१७ वटा सटर सहित पक्कीघरहरु रहेका थिए । त्यो महानगरले आजबाट भत्काउन सुरु गरेकाे हो । ५ दिनभित्र सबै हटाइसक्छौँ,’ नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले भने ।

५ नम्बर वडाका वडाध्यक्ष विरेन्द्र प्रजापतिका अनुसार महानगरपालिकाले सानो गौचरणलाई राष्ट्रिय स्तरको रङ्गशाला बनाउन लागिरहेकोले अनधिकृत रूपमा निर्माण भएको संरचना हटाउन थालिएको हो । ‘यहाँ खेलकुद विकास समिति, विभिन्न क्लबहरूले सटर बनाएर भाडा उठाउन थालेपछि विवाद हुँदै आएको थियो । अब महानगर आफैँले प्यारापिट सहितको स्टेडियम बनाउँछ । त्यसकारण हामीले छलफल गरेर भत्काउन सुरु गरेका हौँ,’ प्रजापतीले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports