२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारीले पत्रकार पक्राउको विरोधमा शनिबार मौन धर्ना दिने

130
shares

काठमाडौँ। पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेश गरेर धरपकड गरिएको विरोधमा नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारीहरूले शनिबार काठमाडौँको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन् ।

महासङ्घका पूर्वपदाधिकारीहरूले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार बिहान ८ देखि ९ बजेसम्म मौन धर्ना आयोजना गर्ने जनाएका हुन् ।उनीहरूले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममा त्रास सिर्जना गर्ने कार्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भन्दै आपत्ति जनाएका छन् ।

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र सञ्चार जगतलाई आतङ्कित बनाउने कार्य बन्द गर्न माग गर्दै उनीहरूले पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरलाई धर्नामा सहभागी हुन आह्वान गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports