२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समाचारको स्रोत पत्ता लगाउन समाचारकक्ष प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो : नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले

936
shares

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले यस्तो गतिविधिले मुलुकमा संविधान नै सकिने टिप्पणी गरेका हुन्।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्था रहे पनि अहिले संविधानको रक्षाका लागि नै लड्नुपर्ने परिस्थिति आएको उनको भनाइ छ।

‘समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो,’ उनले भनेका छन्, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।’आज मात्रै पत्रकारले समाचारको स्रोतको सोध्दै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका पत्रकार शोबराज बराल र डीएनए खबरका पत्रकार धिरज बस्नेतलाई नियन्त्रणमा लिएको छ।

अहिले प्रहरीले नयाँ पत्रकार कार्यालय पुगेर पत्रकार नवराज मैनालीबारे सोधखोज गरिरहेको छ। मैनाली नयाँ पत्रिका कार्यालयमा नदेखेपछि प्रहरी टोली त्यहीँ बसिरहेको नयाँ पत्रिकामा कार्यरत पत्रकारले जानकारी दिए। त्यस्तै दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मा र मदन ढुंगानालाई लिन भन्दै दियो पोस्टको कार्यालय पुगेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports