२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएल अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना

312
shares

काठमाडौं । काठमाडौंमा शुक्रबार दिनभर वर्षा भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ। मौसमविद्ले शनिबार पनि साँझसम्म हल्का वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।

शनिबार एनपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। मौसमविद् उज्ज्वल उपाध्यायले शनिबार साँझसम्म नै सिमसिम पानी परिरहने सम्भावना रहेको बताए। उनका अनुसार बिहीबारको खेलमा मौसमले साथ दिए पनि शनिबार खेल सञ्चालन हुने सम्भावना कम छ। शनिबार भने साँझसम्मै सिमसिम पानी परिरहने देखिएको छ। भोलिको खेल हुने सम्भावना कम छ’ उपाध्यायले भने।

काठमाडौंमा बिहीबार अबेर रातिदेखि वर्षा भइरहेको छ। शुक्रबार दिनभर पनि वर्षा रोकिएको छैन। बिहीबार विराटनगर किङ्स र कर्णाली याक्सबीचको दोस्रो खेल भने सिमसिम पानी परिरहेकै अवस्थामा सम्पन्न भएको थियो। खेल सकिने बेलादेखि वर्षा सुरु भएपछि मैदानलाई कभरले ढाकिएको छ।एनपीएलमा कुनै पनि खेलका लागि रिजर्भ डे राखिएको छैन। त्यसैले शनिबार वर्षाका कारण खेल हुन नसके दुवै खेलको नतिजा प्रभावित हुन सक्छ। खेलको रद्द वा नतिजाविहीन भएमा टोलीहरूले १-१ अंक बाँड्ने छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports