सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई आईसीयु बेड हस्तान्तरण गर्यो

442
shares

काठमाडौँ । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा  बेड आईसीयु हस्तान्तरण गरेको छ । मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ सहभागी कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले सो बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्ने बताए ।
उनले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताएका छन् । नेता पोख्रेलले प्रतिष्ठानमा अहिले १५० वटा आईसीयू बेड भएको र उक्त बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई उपलब्ध गराउने पनि जानकारी दिएका छन् ।

नेता पोख्रेलले भने, ‘आईसीयू बेड वितरण हामीले सरकारी अस्पताल र सामुदायिक अस्पताललाई हस्तान्तरण गरेका हौँ । अन्यत्र प्राइवेटमा नदिने भनेर प्राइभेट मुनाफा बोकेको मुनाफामुखी हुन् । सरकारी र सामुदायिक अस्पतालमा वितरण गर्ने भनेर हामीले यो कुरा गरेका हौँ । त्यसैले पहिलो हाम्रो प्राथमिकता वीर अस्पताल नै थियो जनताको । हामीले हाम्रो संविधानमा शिक्षा, स्वास्थ्यलाई निःशुल्क गराउने भनेका छौँ ।’
उनले थप भने, ‘हाम्रो प्रयत्न भनेको शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्छ । यो मौलिक अधिकार हो, फन्डामेण्टल राइट हो । पैसा हुनेले स्वास्थ्य किन्ने, पैसा हुनेले शिक्षा किन्ने प्रणालीको अन्त्य गरेर आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यता अन्तर्गत हामी स्वास्थ्य र शिक्षा क्षेत्रलाई त्यो दिशामा लैजानुपर्छ भन्ने मान्यता राखेका थियौँ ।’

त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताएका छन् । उनले प्रतिष्ठानले दिएका ३० बेड आजबाटै सञ्चालनमा ल्याउने बताएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports