सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भीम रावलले सोधे तपाई नेपालीको प्रधानमन्त्री हो कि विदेशीको

494
shares

काठमाडौं । एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा नेपालीको प्रधानमन्त्री हो कि विदेशीको हो भनेर प्रश्न गरेका छन् ।

अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्न लागि पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई नै चुनौती दिएर देखाएको सक्रियतालाई लक्षित गरी नेता रावलले यस्तो प्रश्न गरेका हुन् ।

हिजो आइतबार साँझ डा। रावलले ट्विटरमा लेखेका छन्– ‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दबाब आएकाले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दबाबलाई वेवास्ता गर्ने तर विदेशी दबाबसामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीको रु जनतालाई जवाफ दिनुहोस् ।’

एमसीसी आहिँदैन भन्ने नेपाली जनताको भावनालाई वेवास्ता गर्ने तर विदेशीको दबाबसामु देउवाले घुँडा टेकेको रावलको आरोप छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports