सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज देखी राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने

2.02K
shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु गरेको छ ।

आयोगले आजबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो । यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका काम भएको थियो ।यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि यही ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ ।मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि बृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदाता सूचीमा नाम लेखाउन मिल्ने भएपछि अब बाँकी दिनमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले थप रफ्तार पाउने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports