२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोर्चुगलमा कामदार भिसा बन्द, ठगिनबाट जोगिन दूतावासको आग्रह

2.2K
shares

काठमाडौं । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गतेदेखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको भन्दै सावधानि अपनाउन सम्बद्ध सबैलाई आग्रह गरेको हो ।नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने बहानामा ठगी धन्धा भइरहेको जानकारी प्राप्त भइरहेको भन्दै दूतावासले यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन भनेको हो ।

यसरी कामदार भिसा बन्द गरिसकेको विद्यमान अवस्थामा त्यस किसिमका भिसा प्रयोग गरी कोही पनि यहाँ आउन नपाउने स्पष्ट पार्दै पोचुगल आउने वा पठाउने नाममा हुनसक्ने ठगीबाट जोगिन सम्बद्ध सबैसँग दूतावासले अनुरोध गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports