७ दलले मधेस प्रदेशका सभामुखलाई पदमुक्त गर्न माग सहित प्रस्ताव दर्ता गराए
वि.सं.२०८२ कात्तिक २७ बिहीवार १८:१५
shares

काठमाडौँ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रदेशसभामा पद अनुकुल आचारण नगरेको भन्दै ७ दलले प्रस्ताव दर्ता गराएका छन् ।
माआवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहले कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल सहित ७४ सांसदको हस्ताक्षर सहित प्रदेशसभामा पदअनुकुल आचरण नगरेकोसम्बन्धी प्रस्ताव दर्ता गरिएको जानकारी दिए ।प्रस्तावमा सभामुखले सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्न माग गरिएको छ ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने समयमा नेकपा माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारीलाई बोल्ने मौका दिएर सभामुखले मुख्यमन्त्रीले विश्वासको मत लिने वातावरण बिगारेको र त्यसपछि उनी एकपक्षीय ढंगले अघि बढेको सात दलको आरोप छ ।



































