सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जी आन्दोलनमा को-को कलाकार सहभागी भएका थिए ?

1.98K
shares

काठमाडौं । भ्रष्ट्राचार र सुशासनविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा क्रममा कलाकर्मीहरूको पनि उल्लेख्य सहभागिता रह्यो । केही कलाकारले सामाजिक सञ्जालमा स्टाटस लेखेर आन्दोलनको समर्थन गरे भने केही सडकमै उत्रिए ।

चलचित्रकर्मीहरूदेखि लिएर टिकटकर, युट्युबर, इन्फ्लुएन्सरहरु पनि आन्दोलनमा सहभागी भएका थिए । उनीहरूमध्ये केही विवादमा पनि आए । यद्यपि, कलाकारले भने कुनै पनि गलत क्रियाकलापमा सहभागी नभएको र राम्रो नियतले आन्दोलनलाई समर्थन र ऐक्यबद्धता जनाएको बताउँदै आएका छन् ।नेपाली सेनाले आन्दोलनमा को-को कलाकार सहभागी थिए भनेर सूची बनाएको छ । सेनाको सूची अनुसार ४५ जना चलचित्रकर्मी, टिकटकर, युट्युबर र इन्फ्लुयन्सरहरु सडकमा निस्किएका थिए । यो सूची केवल आफ्नो नोटिसका लागि मात्रै बनाएको सैन्य स्रोतले बताएको छ ।

‘कुनै बेला चाहिन सक्छ भनेर सूची बनाइएको हो, यसका आधारमा कसैमाथि पनि अनुसन्धान भएको छैन,’ स्रोतले भन्यो । आन्दोलनमा भौतिक सहभागिता जनाउने कलाकर्मीको सूचिमा निश्चल बस्नेत, रिमा विश्वकर्मा, विजय लामा, अमनप्रताप अधिकारी, कालीप्रसाद बाँसकोटा, चेतन सापकोटा लगायत ४५ जनाको नाम छ । यस्तै सामाजिक सञ्जालबाट समर्थन जनाउनेमा हरिवंश आचार्य, मदनकृष्ण आचार्य, ऋचा शर्मा, अनमोल केसीदेखि प्रियंका कार्कीसम्म छन् ।

सूचि उपलब्ध गराएका नेपाली सेनाका एक उच्च अधिकारीले भने, ‘यो सूची हामीले बनाएका हौं, तर संस्थागत होइन । भोलि कसैमाथि अनुसन्धान भयो भने पहिचान गर्न सहज होस् भनेर तयार गरिएको हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports