नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री कार्कीको मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै म्याद थप्न निर्वाचन आयोगलाई आग्रह

1.17K
shares

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको पनि सचिवालयको भनाइ छ । सोहीअनुसार म्याद थपको तयारी भइरहेको बताइएको छ ।

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् ।

त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिएका छन् ।यसअघि आयोगले मतदाता नामावली संकलनका लागि नयाँ नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports