२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिहार विधानसभा निर्वाचनको मतगणना जारी, सत्ता गठबन्धन ‘एनडीए’ नै दुई तिहाइभन्दा बढी सिटमा विजयी हुन सक्ने

1.24K
shares

पटना । भारतको बिहार विधानसभा निर्वाचनको मतगणना जारी छ । अपराह्न चार बजेसम्मको मत परिणाम अनुसार त्यहाँको वर्तमान सत्ता गठबन्धन ‘एनडीए’ नै दुई तिहाइभन्दा बढी सिटमा विजयी हुने देखिएको छ ।

केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) सहित बिहारका वर्तमान मुख्यमन्त्री नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेड (जेडीयु) सम्मिलित गठबन्धन प्रचण्ड बहुमततर्फ अग्रसर देखिन्छ । यो गठबन्धनमा अन्य तीन साना दल पनि छन्, जसले जारी मतगणनामा करिब ३० सिटमा अग्रता बनाएका छन् ।समग्रमा एनडीए गठबन्धन कुल २४३ सिटमध्ये २०६ सिटमा अग्रता बनाएको छ भने दुई सिटमा विजयी घोषित भइसकेको छ । यही आधारमा एनडीए गठबन्धनले समग्रमा २०८ सिट जितेको खण्डमा बिहारमा अब भाजपा बाहेकको सरकार बन्न नसक्ने देखिएको छ ।

बिहार विधानसभामा भाजपा सबैभन्दा ठुलो दलका रूपमा स्थापित हुने देखिएको छ । जारी मतगणनामा भाजपाले ९६ सिटमा अग्रता बनाएको छ । दोस्रो स्थानमा उसकै गठबन्धनको सहयोगी घटक जेडीयुले चार सिटमा जित र ८१ सिटमा अग्रता बनाएको छ । जेडीयुले विधानसभामा ८५ सिट नै जितेको खण्डमा पनि अब उसले भाजपालाई बाहिर राखेर सरकार गठन गर्न नसक्ने अवस्था देखिन्छ ।बिहार विधानसभामा बहुमतका लागि कम्तीमा १२२ सिट आवश्यक हुन्छ । जेडीयुले भाजपालाई बाहिर राख्न खोजेको अवस्थामा उसलाई बहुमत जुटाउन कठिन हुने देखिएको छ । किनकि एनडीए गठबन्धनमा सामेल अन्य दलसँग २८ सिट हुने देखिन्छ । ती दल एनडीए गठबन्धनबाट अलग हुने सम्भावना निकै कम रहन्छ । किनकि भाजपा र एनडीए गठबन्धनका बाँकी तीन दल मिलेर बिहारमा सहजै सरकार गठन गर्न सक्ने अवस्था देखिन्छ ।

यद्यपि एनडीएले गठबन्धनभित्र जुन दलको जति सिट आए पनि आफूले सरकार बनाउने अवसर प्राप्त गरेमा जेडीयूकै नेता नीतीशकुमारलाई नै मुख्यमन्त्री बनाउने घोषणा गरिसकेको छ । त्यसैले भाजपा ठुलो दल भए पनि उसले सरकारको नेतृत्वमा दाबी नगर्ने निश्चितजस्तै छ । यद्यपि, विगतमा नीतीशकुमारले गठबन्धनबाट बाहिरिएर सरकार बनाएका कारण उनी एउटै गठबन्धनमा टिकिरहन नसक्ने नेताका रूपमा पनि परिचित छन् । तर अहिले विधानसभाको समीकरणले उनलाई अब त्यसरी अर्को गठबन्धनमा जान वा भाजपालाई बाहिर राखेर सरकार बनाउन भने कठिन देखिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports