सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले दल दर्ताको समय बढायो, अब मङ्सिर ६ गतेसम्म निवेदन दिन सकिने

1.5K
shares

काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो ।

साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो ।
‘मंसिर १ गतेबाट निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ’, भट्टराईले भने, ‘नयाँ दल दर्ता गर्नेहरुको हकमा पनि मंसिर ६ गतेसम्म प्रक्रिया पुर्‍याएर आएका निवेदन लिने र चुनावका लागि पुन: ७ गतेभित्र दर्ता गर्नुपर्ने छ ।’

आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । प्रवक्ता भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको बताए । थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिए । ती दलको सनाखत र कागजात रुजुको काम भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports