नेकपा एमालेको ११ औ महाधिवेशन मंसीर २७ गतेदेखी भृकुटीमण्डपमा हुने निश्चित
वि.सं.२०८२ कात्तिक ३० आइतवार १६:१२
shares

नेकपा एमालेको मंसिरका लागि तय ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने निश्चित भएको छ।
महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्ने टुंगो यसअघि नै लागेको थियो।पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन र बन्द सत्र हुनेछ। यसअघि महाधिवेशन काठमाडौँमा हुने भनिए पनि स्थान पक्का भइसकेको थिएन।
एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि पनि अध्यक्षका प्रत्यासी हुनेछन् भने उनीइतरको समूहबाट को अध्यक्षको उम्मेदवार बन्ने भन्ने निश्चित भइसकेको छ। महाधिवेशनमा केन्द्रीय सदस्यहरूसहित करिब २५ सय प्रतिनिधि सहभागी हुनेछन्।






































