सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले मानवता विरुद्धको अपराध गरेको ठहर

1.7K
shares

ढाका । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको ठहर स्थानीय अदालतले गरेको छ ।

गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले राज्यका निकायलाई निर्देशन दिएको ठहर समेत अदालतले गरेको छ ।अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)मा हसिना विरुद्धको मुद्दाको फैसला सुनाइँदैछ । न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सदस्य छन् ।

तीन सदस्यीय इजलासले तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको छ । हसिनाले प्रदर्शनकारी माथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएको समेत इजलासले ठहर गरेको छ । इजलासमा हसिना विरुद्धको मुद्दाको फैसला सुनाउने क्रम जारी छ । उनी विरुद्धको सजाय भने निर्धारण हुन बाँकी छ । फैसलाको अन्तिममा न्यायाधीशले सजाय निर्धारणको विवरण सुनाउने अपेक्षा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports