सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक : पुष्पकमल दाहाल

1.33K
shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन् । संयोजक दाहालले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन् ।

उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताए । उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए ।उनले भने, ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ । घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’

उनले पार्टीको जिम्मेवारी बाँडफाँड भने मंगलवारको बैठकमा टुङ्ग्याउने जानकारी दिए । जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपमा लाने भन्ने समझदारी भएको उनको भनाई छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports