२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिका पुगे चिनियाँ राष्ट्रपति सी, पहिलाको परम्परा तोडदै ट्रम्पले विमानस्थलमै पुगेर गरे स्वागत

104
shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका पुगेका छन् ।

शिष्टाचारको परम्परा तोड्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा सीलाई स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।ट्रम्पले सीका लागि अमेरिकी परम्परा तोडेका हुन् । अमेरिकी इतिहासमा विदेशी नेताहरूलाई राष्ट्रपतिले ह्वाइट हाउसमै भेट्ने परम्परा रहेको थियो ।

ट्रम्प सीलाई स्वागत गर्न विमानस्थलमा पहिले नै पुगिसकेका थिए ।ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प पनि उपस्थित थिइन् । सीका साथमा उनकी पत्नी पेङ लियुआन थिइन् ।अमेरिकी सैन्य विमानहरूले उनीहरूको स्वागत गर्‍यो भने बी १ बम्बर विमानले फ्लाइपास्ट  गरेको थियो । सैन्य ब्यान्ड, गार्ड अफ अनर र फ्लाइपास्टले स्वागत समारोहको भव्यता बढाएको थियो ।

ट्रम्प र सी जिनपिङबीच बिहीबार द्विपक्षीय बैठक हुनेछ । बैठकमा व्यापार, भन्सार महसुल, कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा छलफल हुनसक्ने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports