विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुख्यसचिव एकनारायण अर्याल ९ मंसिरमा अनिवार्य अवकाशमा जाँदै

1.16K
shares

काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल ९ मंसिरमा अनिवार्य अवकाशमा जाँदैछन् ।

५८ वर्षे उमेरहदका कारण मुख्यसचिव अर्याल यही ९ मंसिरमा अनिवार्य अवकाशमा जानेछन् । अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका हुन् ।२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

अर्याल अवकासमा जाने भएपछि सरकार अर्को मुख्यसचिव नियुक्तिको तयारीमा छ ।निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports