नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जाडो बढ्दै , काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै आज कम

1.42K
shares

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबारको तुलनामा मंगलबार (आज) घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो।त्यसो त काठमाडौँ उपत्यकाका लागि यो न्यूनतम तापक्रम सोमबारको भन्दा कम मात्र नभई यो वर्षको अहिलेसम्मकै कम हो। यसअघि उपत्यकामा सबैभन्दा कम न्यूनतम तापक्रम मंसिर ७ गते ७.८ डिग्री सेल्सियस थियो।

हिजो सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो।आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेला अझ घट्ने सम्भावना हुन्छ। कहिलेकाहीँ यही कायम पनि रहन सक्छ।मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँ सहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports