आज थप तल झर्यो काठमाडौं उपत्यकाभित्रको तापक्रम
वि.सं.२०८२ मंसिर १० बुधवार ०८:४०
shares

काठमाडौँ उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो बढिरहेको छ।
यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको हो। हिजो ७ डिग्री सेल्सियस थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ अहिलेकै स्थिर रहन पनि सक्छ।मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।






































