सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाले नियमित महाधिबेशन नगर्ने, थप्यो ६ महिनाको समय

1.51K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल नियमित महाधिवेशन नगर्ने भएको छ।

२०७८ मंसिरमा महाधिवेशन गरेको राप्रपाले यो मंसिर १८ गतेभित्र नियमित महाधिवेशन गर्नुपर्ने भए पनि ६ महिना कार्यकाल थप गर्ने निर्णय गरेको हो।आज धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय समितिसहित सबै निकायको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

‘राप्रपाको कार्यकाल मंसिर १६, १७ मै सकिँदै गएको हुनाले आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सबै तहका समितिहरूको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ,’ बैठकपछि अध्यक्ष लिङ्देनले भने।राप्रपा विधानमा विशेष कारण खुलाएर एक वर्षसम्म कार्यकाल बढाउन सक्ने व्यवस्था छ।

यसअघि महामन्त्री धवल शम्शेर राणाले मंसिर १८ गते कार्यकाल सकिनुअघि नै नियमित महाधिवेशन गर्नुपर्ने माग गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports