नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको पन्ध्रौं महाधिवेशन पुसको अन्तिम साता गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव लाने तयारी

1.22K
shares

काठमाडौं । नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन पुसको अन्तिम साता गर्नेगरी केन्द्रीय समितिमा प्रस्ताव लाने तयारी गरिएको छ ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहित आइतबार भएको छलफलमा पुसको अन्तिम साता महाधिवेशन गर्नेगरी प्रस्ताव ल्याउने बताइएको हो।सो छलफलमा सहभागी एक नेताका अनुसार, पुसको २७ देखि २९ गतेसम्म महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गर्ने बताइएको छ ।

‘२७ गतेबाट महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने छलफल भएको छ, छलफलमा सहभागी एक नेताले भने, ‘कार्यबाहक सभापतिले प्रस्ताव केन्द्रीय समितिमा लैजानुहुन्छ ।’महाधिवेशनबारे सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन । पटकपटक स्थगित हुँदै आएको बैठक भोलि (सोमबार) का लागि तय भएको छ ।

इतर पक्षले भने महाधिवेशनको कार्यतालिका हेरेर थप विषय प्रष्ट्याउने बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports