२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरावलोकन गर्यो

1.52K
shares

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरावलोकन गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित गर्न मतदानस्थलहरुमा पुनरावलोकन गरेको जनाएको छ ।

आयोगको आइतबार बसेको बैठकले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज समेत गरेको छ ।यसबाट साबिकमा कायम १० हजार ८९२ मतदानस्थलमा समग्रमा ७५ मतदानस्थल थप हुन गई देशभर १० हजार ९६७ मतदानस्थल कायम भएका छन् ।

मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साबिककै अर्को मतदान स्थलमा समायोजन गर्ने लगायतका कार्यहरू सम्पन्न गरेको पनि आयोगले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports