प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्य बोल्न नस्कने हो भने डिक्सनेरीबाट सत्य शब्द डिजिटल गरौ : अध्यक्ष ओली

2.54K
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक दलहरूले सत्य बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरी ‘सत्य’ शब्द झिक्नुपर्ने बताएका छन् ।

नेकपा एमाले वन तथा वातावरण विभागले मंगलबार आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले तोडफोड, आगजनी र लुटपाटलाई क्रान्ति भनेर सत्य नबोल्ने हो सत्य शब्द झिक्नुपर्ने बताएका हुन् ।साथै उनले केही मानिस त्यही वितण्डा र अराजकताको लाभ लिइरहेको बताए ।

‘देशको स्वार्थलाई मासेर, आगो लगाएर । अराजकता, वितण्डा, आगजनी । यस्तो वितण्डालाई महिमा मण्डन गरेर । कति गैरजिम्मेवार तरिका होला भन्ठान्छु ।’ पूर्व प्रधानमन्त्री ओलीले देशलाई सही ट्रयाकमा फर्काउनै पर्ने बताए ।‘यदि यति सारो संविधान मिचिएको कुरालाई मिचियो भन्न सक्दैनौ हामी, अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनले लोकतन्त्र मासियोसम्म भन्न सक्दैनौँ भने नेपाली डिक्सनेरीबाट ‘सत्य’ भन्ने शब्द डिलिट गर्दिए हुन्छ’, ओलीको भनाइ छ ।

उनले यति पनि भन्न नसक्ने हो भने के भन्न सक्छौ भन्दै दलहरूको के स्नेह हो भनेर प्रश्न गरे । ओलीले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको परमादेशको पनि आलोचना गरे । मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको बेला एमालेको महाधिवेशन हुन लागेकाले महाधिवेशनमार्फत समस्यालाई जित्ने गरी लाग्न नेता कार्यकर्तालाई ओलीले आह्वान समेत गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports