कस्तो रहला आज वुधवारको मौसम ?
वि.सं.२०८२ मंसिर १७ बुधवार ०८:३७
shares

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ ।
आज दिउँसो देशको हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो । विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।



































