विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानी दिने तयारी

1.48K
shares

काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक कार्यविधि मस्यौदा तयारी गरिसकेको छ ।कार्यविधिको मस्यौदा अनुसार सहकारी मन्त्रालयले अर्थ मन्त्रलयसँग २ अर्ब रकम माग प्रस्ताव गरेको प्रवक्ता गणेशप्रसाद भट्टले बताए ।

‘कार्यविधि मस्यौदामा १ लाखसम्मका साना बचतकर्तालाई रकम फिर्ता दिने प्रस्ताव गरिएको छ,’ भट्टले भने, ‘१ लाख बचत भएका बचतकर्तालाई पूरै दिने/नदिने सन्दर्भमा अर्थ मन्त्रालयको राय पर्खेका छौं ।’सहकारी मन्त्रालयले तयार गरेको कार्यविधि अर्थ मन्त्रालय पठाइएको उनले जानकारी दिए । अर्थ मन्त्रालयले पनि त्यसलाई समीक्षा गर्ने भएकाले रकम भुक्तानीको आकार यकिन नभइसकेको उनको भनाइ छ ।

पछिल्लो समय समस्याग्रस्त सहकारीका बचतकर्ताले आफ्नो बचत फिर्ता माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् । बचकर्ताको आन्दोलनले पनि सरकारलाई उक्त चक्रीय कोष खडा गरेर सानो बचत रकम फिर्ता गर्न दबाब दिएको हो ।त्यस्तै वित्तीय क्षेत्र सुधार सुझाव आयोगले पनि पीडित बचतकर्ताको ५ लाखसम्मको रकम सरकारले कोष खडा गरेर भुक्तानी दिनुपर्ने सुझाएको छ ।

उक्त कोषमा सहकारी ठगका सम्पत्ति बेचबिखन पछि आउने रकम राखेर भरपाइ गर्न समेत आयोगले सुझाएको छ । सरकारले पनि सोही सुझाव कार्यान्वयन गर्न चक्रीय कोष कार्यविधि बनाएर कार्यान्वयन गर्न लागेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports