प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मिराजको गरिखान देउ अभियानले प्रधानमन्त्री निवास बालुवाटारमा टाँस्यो आफ्नो मागको पर्चा

2.41K
shares

काठमाडौँ। मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देऊ’ अभियानका एक सदस्य प्रकाश शर्माले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका छन्।

अभियानले जेनजीको बलबाट प्रधानमन्त्री बनेको अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले जेनजीकै मागहरूलाई बेवास्ता गरी चुनावको मात्र रटान लगाएको आरोप लगाएको छ।विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाउन जाँदा सिंहदरबार प्रवेश गर्न नपाएको यस अभियानले सिंहदरबार र बालुवाटारमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै पटकपटक प्रदर्शन गर्दै आएको छ।

अभियानले प्रधानमन्त्री समक्ष राखेका संक्षिप्त मागहरूमा मुख्य गरी निम्न विषयहरू समावेश छन्:

हालसम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गरिनुपर्ने।
स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गरिनुपर्ने।

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गरिनुपर्ने।

जेन जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गरिनुपर्ने।

सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गरिनुपर्ने।

भदौ २३ र २४ को घटना (शान्तिपूर्ण आन्दोलनमा भएको दमन र घटना) को निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गरिनुपर्ने।

‘जेन-जी’ आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गरी विधिको शासन कायम गरिनुपर्ने।

प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा पछाडि धकेलेको भन्दै प्रदेश सरकारको अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गरिनुपर्ने।

माथिका कुराहरू संविधान पुनरावलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संविधान सुधार गरी मात्र अर्थपूर्ण चुनावतर्फ लाग्नुपर्ने।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports