प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भाद्र २३ र २४ गतेको घटनालाई क्रान्ति भनेर महिमा गर्नु वुद्धिहिनता : अध्यक्ष ओली

988
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को प्रतिगमनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताएका छन् ।

शनिबार नवयुग ई–बुलेटिन शुभारम्भ समारोहमा उनले प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यस्तो प्रतिगमन देशका लागि दुर्भाग्य भएको भन्दै यसलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताए ।

उनले भने, ‘यति धेरै परिवर्तन भएको छ । तैपनि केही मान्छे व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्छन् । वितेको तीन महिनामा चाही परिवर्तन भयो कि । तीन महिनामा परिवर्तन भयो भनेर बौद्धिक व्यक्तित्वहरुको विश्लेषण र तर्क सुन्दा दया लाग्छ । जे होस प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यो प्रतिगमन देशका लागि दुर्भाग्यो थियो । यसलाई क्रान्ति भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता हो । आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैँन् ।’

यस्तै, उनले वर्तमान सरकार अनाधिकृत सरकार भएको भन्दै यस्तो सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग हुनु हदैसम्मको लोकतन्त्रको उपहास भएको बताए ।

उनले भने, ‘सरकार त्यसलाई चलाउने अधिकार छ जसलाई जनताबाट विश्वास गरिएको हुन्छ, निर्वाचनबाट निर्वाचित हुन्छ । त्यसपछि मात्रै शासन गर्ने अधिकार हुन्छ । गोरखामा राजाको पालामा दौडेर त राजा हुन्थे तर यहाँ त दौडिन पनि नपरिकन एकैचोटि गएर कुर्सी झ्याप्प समातेर थ्याच्च बस्या छ । र आफूलाई शासक घोषणा गरेको छ । यस्तो अनाधिकृत सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग हुनु हदैसम्मको लोकतन्त्रको उपहास हो ।’

अब देशको प्रतिष्ठा फेरि माथि उठाउनुपर्ने छ, देश बद्नाम हुनेगरि होइन देशको मान माथि उठाउनेगरि काम गर्नुपर्ने भन्दै संविधानलाई बाटोमा ल्याउने र जनताबाट निर्वाचित हुने सरकार बनाउनेतर्फ अगाडि बढ्ने पनि उनको भनाइ छ ।

आफू पुरानो हुने तर आफूभन्दा साढे तीन महिना कान्छी चुनाव नलडि प्रधानमन्त्री हुने भन्दै यो कुनै जेनजी र परिवर्तनको सरकार नभएको तर्क गरे ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports