सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरू गर्यो

1.43K
shares

काठमाडौं । थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरू गरेको छ । थाइल्यान्डको शाही सेना (रोयल आर्मी) ले कम्बोडियासँगका झडपहरू पछि हवाई आक्रमण सुरू गरेको बताएको छ ।

आक्रमण थाल्यान्ड–कम्बोडियाको विवादित सीमा क्षेत्रमा भइरहेको बीबीसीले जनाएको छ ।सोमबार बिहान थाइल्यान्डले आफ्नो सैन्य टुकडीमाथि कम्बोडियाका तर्फबाट फायरिङ हुँदा दुई सैनिकको मृत्यु भएको र अन्य चार जना घाइते भएका बताएको थियो ।

यद्यपि, केही समयपछि थाइल्यान्डको सेनाले मारिएका सैनिक र घाइतेको संख्या परिवर्तन गरेको थियो । थाई सेनाका प्रवक्ताले पत्रकार सम्मेलनमा कम्बोडियाका तर्फबाट फायरिङ हुँदा एक सैनिकको मृत्यु भएको र आठ सैनिक घाइते भएका बताएका थिए ।उता, कम्बोडियाले आक्रमणको सुरूवात थाइल्यान्डले गरेको दाबी गर्दै आफूले जवाफ फर्काएको बताएको छ । दुवै देशहरूले एकअर्कामाथि युद्ध विराम उल्लंघनको आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाको मध्यस्थता थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम भएको थियो ।गत जुलाई महिनमा सीमा विवादका कारण दुवै देशबीच पाँच दिन संघर्ष चलेको थियो । उक्त संघर्षम कम्तिमा पनि ४८ जनाको मृत्यु भएको थियो । झण्डै तीन लाख मानिसहरू विस्थापित भएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports