प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबीच आज वार्ता हुदैँ
वि.सं.२०८२ मंसिर २२ सोमवार १२:३७
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै छ । आज दिउँसो ३ बजे कार्की र प्रसाईंबीच वार्ता हुन लागेको हो ।
प्रसाईंले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिएका छन् ।
यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन् ।



































