सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले बनाएको आयोग, हाम्रा कतिपय कुरामा रिजर्भेसेन केही होलान् : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

2K
shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओली बयान दिन जानुपर्ने बताएका छन् ।

बुधबार सम्पादकहरूसँगको अन्तरसंवादमा बोल्ने क्रममा उनले आफू ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा अघि नै गएर बयान दिने पनि उल्लेख गरे ।सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न भने जानुपर्ने उनको भनाइ थियो ।

‘सरकारले बनाएको आयोग, हाम्रा कतिपय कुरामा रिजर्भेसेन केही होलान् । तर आयोगले बोलाएको कुरा स्वभाविक हो । म चाहीँ भए अझै अगाडि गएर बयान दिन्थेँ । त्यसप्रति अवज्ञा गर्ने कुराले राम्रो गर्दैन ।’ पोखरेलले भने ।पार्टीको एघारौं महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित अन्तरसंवादका क्रममा उनले ओलीले आयोगले भनेको कुरा नमान्नुले राम्रो नगर्ने बताए ।

‘आयोगको अध्यक्ष जसलाई बनाइयो, तर उहाँले २३ र २४ गतेको आन्दोलनपछि एउटा मान्यताका आधारमा आफूलाई उभ्याउनुभयो, अब तीनै व्यक्ति आयोगका अध्यक्ष हुँदा निष्पक्ष कसरी हुन्छ भन्ने प्रश्न हो यो,’ उनले भने । पोखरेलले थ पभनेका छन्, ‘तर, बयान दिन जाने, भन्न जाने, विचार भन्ने, तथ्य प्रस्तुत गर्ने कुरालाई अन्यथा लिन हुँदैन । हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports