नेपाल प्रहरीमा प्रहरी निरीक्षक र सहायक निरीक्षकमा भर्ना खुल्यो
वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०९:००
shares
काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन खुलाएको हो ।
योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षकमा माग ५ गतेसम्म र सहायक निरीक्षकमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
































