सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बंगलादेशमा अर्को वर्ष फेब्रुअरी १२ मा आम चुनाव हुने

1.69K
shares

बंगलादेशका प्रमुख निर्वाचन आयुक्त एएमएम नसिरुद्दिनले बिहीबार साँझ चुनावको मिति घोषणा गरेका छन्।

उनका अनुसार बंगलादेशमा अर्को वर्ष फेब्रुअरी १२ मा आम चुनाव हुनेछ।शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको डेढ वर्षपछि यो निर्वाचन हुन लागेको हो।

विद्यार्थी आन्दोलनका कारण हसिना २०२४ अगस्ट ५ मा देश छाडेर भारत भागेकी थिइन्। त्यसबेलादेखि बंगलादेशमा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार छ। हसिना अहिले पनि भारतकै शरणमा छिन्।

हसिनाको पार्टी अवामी लिग भने आगामी चुनावमा भाग लिन पाउने छैन। किनकि निर्वाचन आयोगले मे २०२५ मा बंगलादेशको सबैभन्दा ठूलो पार्टी अवामी लिगको दर्ता नै खारेज गरिसकेको छ।

साथै अन्तरिम सरकारले उक्त पार्टीका वरिष्ठ नेताहरूलाई पक्राउ गरेको छ। अनि अवामी लिगलाई चुनाव लड्न र राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports