सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको भाउ तोलामा ३ हजार ५ सय बढ्यो

1.92K
shares

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सुनको मूल्य यसअघिको उच्चतम रेकर्ड नजिक पुगेको छ । असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार पुगेको रेकर्ड छ ।चाँदीले भने केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ । शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा चाँदी १०० रुपैयाँ बढेको हो । अघिल्लो दिन ३ हजार ८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports