लोकतान्त्रिक प्रक्रियाबाट एमालेको नेतृत्व छनोट हुनाले सकारात्मक सन्देश दिन्छ : कांग्रेस महामन्त्री शर्मा
वि.सं.२०८२ पुस ४ शुक्रवार ०८:५७
shares
g]kfnL sf+u|];sf] dxf;ldlt a}7sdf dxfdGqL zdf{ kf6g, * kmfu'gM nlntk'/sf] uf]bfj/Ll:yt ;g/fOh ;Dd]ng s]G›df hf/L g]kfnL sf+u|];sf] dxf;ldlt a}7ssf] aGb;qdf ;d;fdlos /fhgLlts k|ltj]bg k|:t't ub}{ dxfdGqL ljZjk|sfz zdf{ . tl:a/M dfwjk|;fb l3ld/]÷/f;;
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व चयनका लागि नेकपा एमालेले गरेको लोकतान्त्रिक प्रक्रियाले सकरात्मक सन्देश दिएको टिप्पणी गरेका छन् ।
नेतृत्वमा कसलाई ल्याउने एमालेको आन्तरिक विषय भएको उल्लेख गर्दै महामन्त्री शर्माले भने,‘अहिलेको प्रतिकूल परिस्थितिलाई चिर्दै महाधिवेशनबाट केही नयाँ र केहीलाई पुरानालाई अनुमोदन भएको छ । को आउने, को नआउने सम्बन्धित दलको विषय हो ।’जेनजी आन्दोलन पछि बदलिएको परिवेशलाई आत्मसात गर्न निर्वाचित कमिटीलाई महामन्त्री शर्माले सुझाव दिए ।
‘जेनजी प्रदर्शनले मूलत मुलुकमा सुशासनको मुद्दालाई स्थापित गरेको छ । सुशासन स्थापित गर्ने कुरालाई नयाँ कमिटीले महत्व देओस्,’ महामन्त्री शर्माले भने,‘जेनजीले गरेको प्रदर्शनका बारेमा पक्ष र विपक्षमा मतहरु व्यक्त गर्न स्वभाविक छ । तर त्यसले उठाएको मुद्दा त एउटा सुशासनको हो । त्यो सुशासनको मुद्दालाई त कसैले पनि अस्वीकार गरेर जान मिल्दै मिल्दैन ।’सुशासन स्थापित गर्ने सन्दर्भमा नयाँ या पुराना सबै राजनीतिक दलहरूको साझा संकल्प हुनुपर्ने महामन्त्री शर्माले बताए ।




































