सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो
वि.सं.२०८२ पुस ४ शुक्रवार ११:३८
shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर २ लाख ५८ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ४ हजार ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।




































